February 24, 2025, 12:59 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

हृदयाघातबाट पालिका कर्मचारीको निधन

पुस २१, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

मान्म– हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ ।

आज बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए  । उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् । स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए ।

उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए ।

प्रतिक्रिया