February 24, 2025, 1:20 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

दुई-तीन महिनामै कर्मचारीको सरुवा हुँदा प्रशासनिक काममा समस्यामा

पुस १९, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं,  । लोकसेवा आयोगले कर्मचारीको पटक पटकको सरुवाले प्रशासनिक काममा समस्या आएको जनाएको छ ।

दुई-तीन महिनामै कर्मचारीको सरुवा हुँदा प्रशासनिक काममा समस्या आएको भन्दै आयोगले प्रतिनिधि सभाको राज्यव्यवस्था समितिलाई कर्मचारी सरुवाका सम्बन्धमा सुझाव समेत दिएको छ ।

आयोगले सचिवलाई एक वर्ष, सहसचिवलाई दुई वर्ष र उपसचिवलाई तीन वर्षमा मात्र सरुवा गर्ने गरी कानुनी व्यवस्था गर्न सुझाव दिएको छ ।

यस्तै, शाखा अधिकृतलाई चार र अन्यलाई पाँच वर्षमा मात्र सरुवा गर्ने व्यवस्था गर्न आयोगले सुझाएको छ ।

सहायक तह र अधिकृत तहमा पनि एक-एक पटक मात्रै समावेशीतर्फ अवसर दिनुपर्ने आयोगको सुझाव छ ।

प्रतिक्रिया