February 24, 2025, 12:41 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

किम जोङ उनकी बहिनी पहिलो पटक सन्तानसँग देखिइन्

पुस १९, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

पोङयाङ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकी बहिनी किम यो जोङ पहिलो पटक सन्तानसँग देखिएकी छन् ।

जोङ र उनका सन्तानको तस्बिर उत्तर कोरियाली सञ्चारमाध्यममा प्रकाशित भएको छ । किम यो जोङ दक्षिण कोरियाविरुद्ध आक्रामक टिप्पणीका लागि चर्चित छिन् ।

कोरियन सेन्ट्रल टेलिभिजन (केसीटीभी) ले प्रमुख रूपमा एउटा भिडियो क्लिप देखाएको छ, जसमा किम एक बालक र बालिकासँग छिन्।

उनी अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा एउटा कार्यक्रममा जाँदै थिइन्। कोरियाली सञ्चारमाध्यममा किम आफ्ना सन्तानको साथमा रहेको उल्लेख गरिएको छ ।

किम यो जोङ एक दशकदेखि सार्वजनिक रूपमा विवाहको औंठी लगाएर देखिएकी त थिइन ।

तर सरकारी मिडियाले किम यो जोङलाई आमाको रूपमा देखाएको यो पहिलो पटक हो। सरकारी सञ्चारमाध्यमले सामान्यत: शीर्ष अधिकारीहरूको पृष्ठभूमि र व्यक्तिगत जीवनबारेमा जानकारी दिँदैन ।

तर, किम जोङ पनि पछिल्ला वर्षहरूमा खुलेर बोल्न थालेकी छन् । उनले आफ्नो र आफ्नो पार्टीको नीतिगत असफलता स्वीकार गरेकी छन् । किम यो जोङले कुनै दिन आफ्ना छोराछोरीलाई उनीहरूको वंशको आधारमा सरकारमा विशेष पद दिने सम्भावना छ ।

किम यो जोङ आधिकारिक रूपमा डब्लुपीके केन्द्रीय समिति प्रचार र आन्दोलन विभागको उप निर्देशकका रूपमा सेवामा कार्यरत रहेको प्रारम्भिक जानकारी दिइएको छ ।

प्रतिक्रिया