January 22, 2025, 8:51 am
» बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द » पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान » आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

‘सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष’

पुस १८, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

बेइजिङ– जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ ।

चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जन हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता जनाएको छ ।

सन् २०२४ का लागि औसत राष्ट्रिय तापक्रम १०.९२ डिग्री सेल्सियस(५१.६६ फरेनहाइट) औसतभन्दा १.०३ डिग्री बढी थियो । यो सन् १९६१ मा पूर्ण रेकर्ड सुरु भएपछिको सबैभन्दा तातो वर्ष भएको चीन मौसम विज्ञान प्रशासनले बुधबार राति आफ्नो समाचार साइटमा बताएको छ ।

सबैभन्दा न्यानो चार वर्षहरू विगत चार वर्ष नै थिए र सन् १९६१ देखिका सबैभन्दा न्यानो शीर्ष दश वर्षहरू २१औँ शताब्दीमा परेका छन,’ प्रशासनले भनेको छ ।

चीनले यस वर्ष नै जुलाईमा अवलोकनको इतिहासमै सबैभन्दा तातो महिनाका साथै अगस्ट र शरद ऋतु पनि रेकर्ड तातो भएको दर्ता गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सोमबार वर्षको अन्त्यमा दिएको सन्देशमा सन् २०२४ लाई विश्वव्यापी रूपमा रेकर्ड गरिएको सबैभन्दा तातो वर्ष हुने बताएको छ ।

विश्वव्यापी तापक्रम मुख्यतया जीवाश्म इन्धनको जलनले हुन्छ र ये केवल तापमान वृद्धिको कुरा मात्र नभई वायुमण्डल र समुद्रहरूमा थप तापको प्रभाव पनि हो ।

प्रतिक्रिया