February 24, 2025, 12:04 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी

पुस १६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

सियोल : दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको जनाइएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको थियो। उनलाई राष्ट्रपति पदबाट हटाइयो।

युनको मार्शल ल लागू गर्ने निर्णयको विरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनपटक बोलाइए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो ।

वारेन्ट मार्फत अदालतले अन्वेषकहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ। आइतबार राती अनुसन्धानकर्ताहरूले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए।

मार्शल लको घोषणापछि दक्षिण कोरिया हाल राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारीलाई महाभियोगमार्फत हटाइएको छ। बीबीसी

प्रतिक्रिया