December 18, 2024, 10:43 am
» पत्रकार महासंघ काठमाडौंको सचिवमा बोहोरा » राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त » नेप्से निरन्तर ओरालो, कारोबार कति ? » दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार » ‘महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ’

हुण्डी कारोबारी सडकबाटै रंगेहात पक्राउ

पुस ३, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

हुण्डी कारोबारमा संलग्न चार जना रंगेहात समातिएका छन् । काठमाडौँ एयरपोर्ट नजिकै हुण्डी कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापा घर भएका २७ वर्षे युवराज सुवेदी र ३२ वर्षका प्रवेशकुमार पौडेल छन् । काठमाडौं–९ शम्भुमार्गस्थित सडकखण्डमा हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएराति प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई समातेको हो ।

प्रहरीका अनुसार उक्त स्थानमा रोकी राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुण्डाई कम्पनीको कार चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको ६८ लाख रुपैयाँ फेला परेको थियो । त्यस्तै, पाँच–पाँच थान चेक र मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता, २०७४ संसोधित १२५ (क) बमोजिम हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया