February 23, 2025, 3:21 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

फाइनल पुग्न जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य

पुस ३, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो क्वालिफाइरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। उनले २३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। जनकपुरका लागि पहिलो विकेटका रुपमा लाहिरु मिलान्थालाई गुमायो। मिलान्थालाई दिपेन्द्र सिंह ऐरीले १२ रनमा एलबीडब्ल्यू गर्दै पेभेलियन फर्काए। मिलान्थाले १४ बलमा ३ चौका प्रहार गरेका हुन्।

दोस्रो विकेट कप्तान आसिफ शेखको गयो। उनलाई सैफ जैबले बोल्ड आउट गरेका हुन्। उनले १० बलमा २ चौका प्रहार गर्र्दै ११ रन बनाए। जनकपुरले पहिलो ६ ओभरमा २ विकेट गुमाउँदै ३७ रन बनाएको जनकपुरले पछि रन आउटका रुपमा शुभलाई गुमायो। जनकपुरको तेस्रो विकेट शुभ कन्साकरको गयो । उनी २६ रन बनाउँदै रन आउट भए। उनले २४ बलमा ४ चौका प्रहार गरेका हुन्।

चौथो विकेट हर्ष थाकरको रुपमा जनकपुरले गुमायो। उनलाई सैफ जैबले ब्रान्डन म्याकमुलेनको हातमा क्याच गराए। उनले १४ बलमा १२ रन बनाए। पाँचौं विकेट अरनिको यादवको गयो। उनलाई दिपेन्द्र सिंह ऐरीले एलबीडब्ल्यू आउट गराए। छैटौं विकेट मोहम्मद मोसिनको गयो। सातौं जेम्स नासिमको जाँदा आठौं विकेट रुपमा शेर मल्ल ३ रनमा क्याच आउट भए। नवौं विकेट किशोर महतो रन आउट भए। आकाश त्रिपाठी ४ रनमा अविजित रहे।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सैफ जैबले २ स्कट केग्गेलिन र अभिनाश बोहोराले समान १/१ विकेट लिए। यो खेलमा हार्ने टिमले कर्णाली याक्ससँग दोस्रो क्वालिफार्यस खेल्नेछ।

प्रतिक्रिया