January 22, 2025, 10:49 am
» NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ » जुनारले पहेँलपुर सिन्धुलीको खनियाँखर्क » बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ » विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित

बैंकहरूको चार महिनाको खर्च ३५ अर्ब

पुस २, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं,  । बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन खर्च बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको कात्तिक मसान्तको तुलनामा चालू आर्थिक वर्षको कात्तिक मसान्तमा बैंकहरूको सञ्चालन खर्च दुई अर्ब २६ करोड ३० लाख रुपैयाँँ बढेको छ ।

गत कात्तिक मसान्तसम्म कर्मचारीको तलबभत्ता र कार्यालय व्यवस्थापन शीर्षकमा बैंक तथा वित्तीय संस्थाले ३५ अर्ब ३९ करोड ४० लाख रुपैयाँँ खर्च गरेका छन् ।

कर्मचारीहरूको पारिश्रमिकमा २१ अर्ब ६४ करोड ६० लाख र कार्यालय व्यवस्थापनमा १३ अर्ब ७४ करोड ८० लाख रुपैयाँँ खर्च भएको छ ।

गत आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाको कुल सञ्चालन खर्च ३३ अर्ब १३ करोड १० लाख रुपैयाँँ थियो ।

सोमध्ये कर्मचारीको पारिश्रमिकका लागि २० अर्ब २२ करोड ३० लाख र कार्यालय व्यवस्थापनमा १२ अर्ब ९० करोड ८० लाख रुपैयाँँ खर्च गरेका थिए ।

वाणिज्य बैंकहरूले मात्र चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म कर्मचारीहरूको तलबभत्तामा १८ अर्ब ९१ करोड ८० लाख रुपैयाँ र कार्यालय व्यवस्थापन शीर्षकमा ११ अर्ब ९० करोड ७० लाख रुपैयाँँ समेत गरी कुल ३० अर्ब ८२ करोड ५० लाख रुपैयाँँ खर्च गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ९६ करोड २० लाख रुपैयाँँ बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलबभत्तामा १७ अर्ब ७२ करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा ११ अर्ब १३ करोड ४० लाख रुपैयाँँ समेत गरी कुल २८ अर्ब ८६ करोड ३० लाख रुपैयाँँ खर्च गरेका थिए ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरूले कात्तिकसम्म कर्मचारीहरूको तलबभत्तामा दुई अर्ब १६ करोड ३० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा एक अर्ब ४६ करोड रुपैयाँ समेत गरी कुल तीन अर्ब ६२ करोड ३० लाख रुपैयाँँ खर्च गरेका छन् ।

यो खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० करोड ८० लाख रुपैयाँँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कर्मचारीहरूको पारिश्रमिक शीर्षकमा दुई अर्ब छ करोड र कार्यालय व्यवस्थापन शीर्षकमा एक अर्ब ४० करोड ९० लाख रुपैयाँँ समेत गरी कुल तीन अर्ब ४१ करोड ५० लाख रुपैयाँँ खर्च गरेका थिए ।

फाइनान्स कम्पनीहरूले भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कर्मचारीहरूको तलबभत्ताको लागि ५६ करोड ३० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा ३८ करोड १० लाख रुपैैयाँ समेत गरी कुल ९४ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौै करोड रुपैयाँँले बढी हो ।

गत वर्ष कात्तिकसम्म फाइनान्स कम्पनीहरूले कर्मचारीहरूको तलबभत्ता शीर्षकमा ४८ करोड ९० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा ३६ करोड ५० लाख रुपैयाँँ समेत गरी कुल ८५ करोड ४० लाख रुपैयाँँ खर्च गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिक्रिया