February 23, 2025, 2:17 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा

पुस १, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं– नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।

कम्पनीको ९१औँ सञ्चालक समितिको बैंकले बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसर कम्पनीले चुक्ता पुँजीको २ करोड ८७ लाख ५५ हजार ३०८ रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर र १५ लाख ३१ हजार ४३७ रुपैयाँ बराबरको ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भएको छ ।

कम्पनीले बोनस प्रस्ताव पारित गर्न आगामी पुस २५ गते १८औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको छ ।

पुस ७ गतेसम्म कायम रहेक शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रतिक्रिया