February 23, 2025, 2:42 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

मिथिला लघुवित्तले १५ प्रतिशत बोनस दिने

मंसिर २६, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं– मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनी सचिव हेमराज हेमन्तका अनुसार लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो । जसमा २ करोड ७९ लाख ३० हजार ३९२ रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ लाख ७० हजार २० रुपैयाँ बराबरको ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस अघि कम्पनीले बोनस सम्बन्धी जानकारी गलत भएको र त्यसलाई सुधारेर हाल सार्वजनिक गरिएको समेत बताएको छ ।

कम्पनीले घोषणा गरेको उक्त बोनस नेपाल राष्ट्र बैंक र आगामी बस्ने साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया