February 23, 2025, 2:24 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

नौ प्रतिशतले बढ्यो बीमाशुल्क आर्जन : चार महिनामा ६८ अर्ब सङ्कलन

मंसिर २४, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं,  ।  बीमा कम्पनीहरूले सङ्कलन गर्ने बीमाशुल्क रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २८ वटा बीमा कम्पनीहरूले कुल ६८ अर्ब पाँच करोड ७७ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ४४ प्रतिशत बढी हो । गत वर्ष कात्तिकसम्म बीमा कम्पनीहरूले कुल ६२ अर्ब १८ करोड ८३ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेका थिए ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा जीवन बीमा कम्पनीहरूले मात्रै ५३ अर्ब ६९ करोड ९० लाख ३८ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव ६१ प्रतिशतले बढी हो । गत वर्ष कात्तिकसम्म जीवन बीमा कम्पनीहरूले ४९ अर्ब ४४ करोड ११ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको चार महिनामा १४ अर्ब ३५ करोड ८६ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष चार महिनामा १२ अर्ब ७४ करोड ७१ लाख ९९ हजार रुपैयाँ सङ्कलन गरेका थिए ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरू कुल बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि जीवन बीमा कम्पनीहरूकोे बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ६२ प्रतिशतले मात्र बढेको छ ।

जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म एक करोड ३८ लाख चार हजार छ सय ४७ वटा सक्रिय बीमालेख संख्या पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ६२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या एक करोड ३७ लाख १९ हजार सात सय २५ थियो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म निर्जीवन बीमालेखको संख्या नौ लाख ९८ हजार पाँच सय ९६ पुगेको छ ।

यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव छ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या आठ लाख ९४ हजार पाँच सय २४ थियो ।

चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४२ दशमलव ९२ प्रतिशत छ ।

यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव शून्य छ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४२ दशमलव ९८ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिक्रिया