February 23, 2025, 1:54 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

एनपिएल : आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

मंसिर १८, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन्। मंगलबार बिहानको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९:१५ बजे सुरु हुनेछ भने चितवन र पोखराको दोस्रो खेल दिउँसो १:१५ बजे प्रारम्भ हुन्छ। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा हुनेछन्।पोखरा र सुदूरपश्चिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेका हुन्। विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ। उद्घाटन खेल खेलेको विराटनगर जितबिहीन छ। विरानगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो।यता पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ। चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ।

प्रतिक्रिया