February 23, 2025, 1:18 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

शीर्ष स्थानको बार्सिलोना पराजित

मंसिर १६, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं – स्पेनिस ला लिगको शनिबार राति भएको खेलमा तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना पराजित भएको छ। अंक तालिकाको पुछारबाट उठ्न सङ्घर्ष गरिरहेको लास पल्माससँग बार्सिलो २-१ ले पराजित भएको हो।

स्थापनाको १२५ औं वर्षगाँठ मनाइरहेको घरेलु टोली बार्सिलोना ४९ औँ मिनेटमा सान्ड्रे रामिरेजको गोलमा पछि परेको हो। त्यसको १२ मिनेटपछि बार्सिलोनाका कप्तान राफिन्हाले बराबरी गोल गरेका थिए।

खेलको ६७ औँ मिनेटमा लोनमा उल्भ्सबाट लास पल्मास पुगेका फावियो सिल्भाले गोल गर्दै अग्रता बढाएका हुन्। यस संस्करणमा उनको यो पाँचौँ गोल हो। जितपछि लास पल्मास १५ अङ्कसहित तालिकाको १४ औँ स्थानमा उक्लिएको छ।

१५ खेलमा ३४ अंक रहेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ। १५ खेलमा ३२ अंक भएको एट्लेटिको म्याड्रिड दोस्रो तथा १३ खेलमा ३० अंक रहेको रियल म्याड्रिड तेस्रो स्थानमा छन्।

शनिबार नै भएको खेलमा रियल भालाडोलिडमाथि एट्लेटिको म्याड्रिडले शानदार जित हात पारेको छ। विजयी टोलीका लागि रोड्रिगो डी पाउल, लेमेन्ट लेन्गलेट, जुलियन अल्भारेज, एन्टेनियो ग्रिजम्यान र अलेक्जेन्डर सरलोथले गोल गरे। भालाडोलिड ९ अंकसहित तालिकाको पुछारमा छ।

शनिबार राति भएको अर्को खेलमा इस्पानियोलले सेल्टा भिगोलाई ३-१ ले हरायो भने डेपोर्टिभो अल्भास र लेगानेसबिचको खेलमा १-१ गोलको बराबरी खेलेको छ। सेल्टा भिगो १८ अंकसहित तालिकाको ११ औँ तथा इस्पानियोल १३ अंकसहित १७ औँ स्थानमा छन्।

प्रतिक्रिया