February 23, 2025, 1:36 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

पुरुष यू–१९ एसियाकपः श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल

मंसिर १४, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौँ,: संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि पुरुष यू–१९ एसियाकप–२०२४ का खेलहरू सुरु भएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा सुरु भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा सुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपालले आफ्नो दोस्रो खेल यही मङ्सिर १६ गते बङ्गलादेशसँग र तेस्रो खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया