February 23, 2025, 6:44 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सेयर बजार निरन्तर उकालोतिर, कारोबार ९ अर्ब नाघ्यो

मंसिर १२, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेको हो। अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले आजपनि सोही क्रमलाई निरन्तरता दिएको हो।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेको थियो। सो दिन ७ अर्ब ४४ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो।

आज ३१६ स्क्रिप्सको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब  ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँमा खरिद बिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुसी लघुवित्त वित्तीय संस्था र  ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो।

आधा दर्जन बढि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक  गुमाए। सो कम्पनीको सेयर  १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा यसदिन जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड बढी मूल्यको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चरको ३३ करोडको सेयर कारोबार हुँदा पिपुल्स हाइड्रोपावर र नेपाल फाइनान्सले २४/२४ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएका १९९ स्टक्सको मूल्य बढ्दा ४० वटाको घटयो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। फाइनान्स समूहबाहेक अन्य समूहको उपसूचक भने सकारात्मक देखिएका छन्। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ९.२७ अंकले बढ्यो।

प्रतिक्रिया