February 23, 2025, 6:35 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

मंसिर १२, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं : स्थानीय बजारमा सुन-चाँदीको मूल्य फेरि उकालो लागेको छ। दुईदिन (सोमबार र मंगलबार) निरन्तर ओरालो लागेको सुन-चाँदीको मूल्य आज फेरि बढेको हो।

नेपाल-सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो। मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो।

सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन-चाँदीको मूल्य ओरालो लागेको थियो।  आज फेरि बढेको हो। सुनको भन्सार दर  २० बाट १० प्रतिशत कायम गरिएको छ। यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो। यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको मूल्य  १ हजार ८२० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया