काठमाडौ– प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक २१ अंकले बढेको छ । सेसन अवधिमा २१.३३ अंकले बढेर नेप्से २७०४.५७ को विन्दुमा पुगेको छ।
सेसनभर १ करोड १९ लाख २० हजार ५०७ रुपैयाँ ५० पैसाबराबरको १६ हजार ६७६ कित्ता शेयर खरिदबिक्री भएको छ।सेसन अवधिमा ५७ कम्पनीको मूल्य बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
प्रतिक्रिया