February 23, 2025, 7:16 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो, तोलाको १ लाख ६५ हजार नाघ्यो

मंसिर ७, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ।  सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १५ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो।

बिहीबार एक हजार रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया