February 23, 2025, 7:29 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

निरन्तर बढ्दै सुनको भाउ, फेरि तोलाको पुग्यो १ लाख ६४ हजार

मंसिर ६, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागिरहेको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो। त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो।

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया