February 23, 2025, 7:40 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुनको मूल्य फेरि बढ्यो, तोलाको १ लाख ६३ हजार पुग्यो

मंसिर ५, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार १ हजार १०० रुपैयाँले बढेको सुन आज ९ सय रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ।

मंगलबार एक तोला सुनको मूल्य १  लाख ६२ हजार १०० रुपैयाँमा पुगेको  थियो। त्यसअघि सोमबार  प्रतितोला चाँदी १ लाख ६१ हजारमा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया