January 22, 2025, 9:46 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने

कार्तिक ३०, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

भरतपुर महानगरपालिकाले विश्वकपमा पुग्न सफल नेपाली महिला यु-१९ क्रिकेट टिमलाई सम्मान गर्ने भएको छ ।नेपाल चिकित्सक संघको आयोजनामा सुरु भएको प्रथम एनएमए स्पोर्ट्स फेस्ट २०८१ को उद्घाटन गर्दै प्रमुख रेनु दाहालले भरतपुरमा भएको क्रिकेट प्रतियोगितामा सहभागी भएका ११५ जना मध्येबाट अन्तिम १४ मा छनोट भएर एशिया छनोट हुँदै विश्वकपमा पुग्न सफल भएकाले सम्मान गर्न लागिएको जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गत माघमा ६ दिनसम्म पहिलो चरणको राष्ट्रिय टिमको छनोट प्रतियोगिता सञ्चालन भएको थियो । ७ प्रदेशका देशभरका ११५ खेलाडी सम्मेलित प्रतियोगिताबाट २४ जना खेलाडीहरु विश्वकपको क्याम्पका लागि छनौट भएका थिए । २४ जना मध्येबाट छनौट भएका १४ जना महिला खेलाडी एशिया छनोट खेल्न युएई पुगेको थियो ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका खेलकुद गतिविधिमा सबैभन्दा एक कदम अगाडि रहेको धारणा राख्नुभयो ।
आइसीसीले सन् २०२७ मा हुने यु-१९ महिला टि-२० विश्वकप क्रिकेट प्रतियोगिताका केही खेल नेपालमा गर्ने भएकाले भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त खेल खेलाउने इच्छा रहेको बताउनुभयो । नेपाल क्रिकेट संघ (क्यान) लाई यसका लागि आवश्यक वातावरण मिलाई रहेको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले निकालेको तालिकाअनुसार सन् २०२७ को महिला यु-१९ विश्वकप नेपाल र बंगलादेशमा हुनेछ ।

प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्य संघ, प्रदेश र भरतपुर महागनरपालिकाको संयुक्त बजेटमा तीब्र रुपमा निर्माण कार्य अघि बढेको बताउनुभयो ।

कार्यक्रममा विपी कोईराला मेमेरियल क्यान्सर अस्पतालका अध्यक्ष विजयराज न्यौपाने, कार्यकारी निर्देशक शिवजी पौडेल, उप-निर्देशक उमेश नेपाल र नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भरतपुर वडा नम्बर ३ को क्यासी स्पोट्समा सुरु भएको प्रतियोगितामा फुटसल, क्रिकेट, ब्याटमिन्टन र बुद्धिचाल प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा देशभरका चिकित्सक तथा स्वास्थ्य क्षेत्रका खेलाडीहरुले सहभागिता रहेको छ ।

प्रतिक्रिया