February 23, 2025, 9:34 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

पहिलो त्रैमासमा घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा

कार्तिक ३०, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं नेपाल टेलिकमको चालू आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमासिक अवधिमा आम्दानी र मुनाफा घटेको छ ।

टेलिकमका अनुसार,  चालू आवको प्रथम त्रैमासिकसम्म कुल आम्दानी १० अर्ब ६ करोड ३७ लाख ३५ हजार  रहेको थियो । उक्त रकम गत आवको सोही त्रैमासिकको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो त्रैमासको तुलनामा टेलिकमको ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले आम्दानी घटेको छ । त्यस्तै चालू आवको खुद मुनाफा  १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ ।

उक्त रकम गत आवको सोही अवधिको  खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । जुन नाफा गत आवको तुलनामा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँले नाफामा कमी आएको हो ।चालू आव को कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ।  उक्त रकम गत आ.व। को सोही अवधिको कुल सञ्चालन आय रु ८ अर्व ५८ करोड ५० लाख ६३ हजारको तुलनामा ९ करोड ५१ लाख २२ हजारको (अर्थात्  १.११ प्रतिशत) ले बढेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया