December 22, 2024, 11:33 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

यु-१९ महिला टि-२० विश्वकप : नेपालले आज कुवेतको सामना गर्दै

कार्तिक २७, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौँ,  युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु-१९ महिला टि-२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे खेल सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाचौँ खेल हो ।

नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ, भने एक खेलमा पराजित भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यस्तै, दोस्रो खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

नेपालले तेस्रो खेल शनिबार घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा १३ रनले पराजित भएको थियो । चौथो खेलमा आइतबार थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया