February 23, 2025, 9:45 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सेयर बजारमा आज पनि हरियाली

कार्तिक २६, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं : सेयर बजारमा सोमबार पनि हरियाली देखिएको छ। आज नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेर ४९०.७२ विन्दुमा अडिएको छ।

यसदिन कारोबार रकममा पनि वृद्धि भएको छ। आज ११ अर्ब ३१ करोड बढि मूल्यको कारोबार भएको हो। यसदिन ३०२ स्टकको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँमा कारोबार भयो।

१३ मध्ये ८ वटा समूह बढेका छन्। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै बढेको छ। कारोबार रकमका आधारमा साहस ऊर्जा सबैभन्दा अघि छ। सो कम्पनीको ३८ करोड १७ लाखको सेयर कारोबार भयो। यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र अरुण भ्याली हाइड्रोपावर परेका छन्।

आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढ्दा ९ अर्ब ७७ करोड बढी मूल्यको कारोबार भएको थियो।

प्रतिक्रिया