February 23, 2025, 2:45 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य

कार्तिक २५, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

काठमाडौं– नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो । नेपालका लागि साना प्रवीनले अर्धशतक बनाएकी थिइन् ।

प्रतियोगितामा नेपालले ३ खेलमा २ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै थाइल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र बिहीबार युएईसँग खेल्ने तालिका रहेको छ ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया