February 23, 2025, 10:10 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुन-चाँदीको मूल्य घट्यो

कार्तिक २५, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  ५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६६ हजार कायम भएको हो।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुन १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि कार्त्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो।

यसैगरी सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज २० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया