February 23, 2025, 10:27 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अमेरिकी डलर अहिलेसम्मकै उच्च, १ डलर किन्न १३५ रुपैयाँ खर्चिनुपर्ने

कार्तिक २२, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं : नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको दररेटअनुसार अमेरिकी डलरको बिक्री मूल्य १३५.१६ पुगेको छ। त्यस्तै खरिद मूल्य भने १३४.५६ रुपैयाँ रहेको छ।

अघिल्लो दिन बुधबार डलरको बिक्री मूल्य १३४.८८ र खरिद मूल्य १३४.२८ रुपैयाँ रहेको थियो। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भोलिपल्ट डलरको मूल्य वृद्धि भएको हो।

त्यस्तै युरोको बिक्री मूल्य १४४.८६ र खरिद मूल्य १४४.२१ रहेको छ। त्यस्तै पाउन्ड स्टर्लिङको बिक्री मूल्य १७३.९७ र खरिद मूल्य १७३.२० रहेको छ। यता अष्ट्रेलियन डलको बिक्री मूल्य ८८.७३ र खरिद मूल्य ८८.३३ रहेको छ।

प्रतिक्रिया