January 13, 2025, 7:57 am
» बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी » संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह » माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने » Month-long Swasthani Bratakatha begins today » विपिन जोशी सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छः परराष्ट्र मन्त्री

तीन प्रतिशत बढ्यो बीमा कम्पनीहरूको व्यापार : २८ कम्पनीले उठाए ५२ अर्ब ८७ करोड बीमाशुल्क

कार्तिक २२, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं,  । बीमा कम्पनीहरूले सङ्कलन गरेको बीमाशुल्क रकम बढेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको तीन महिना (साउनदेखि असोज) मा १४ वटा निर्जीवन बीमा र १४ वटा जीवन कम्पनीहरूले कुल ५२ अर्ब ८७ करोड ५१ लाख चार हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव १५ प्रतिशत बढी हो । गत वर्ष साउनदेखि असोजसम्म बीमा कम्पनीहरूले ५१ अर्ब २५ करोड ९४ लाख २८ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।

यस आर्थिक वर्षको पहिलो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब ३० करोड १४ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव २२ प्रतिशत बढी हो । गतवर्ष पहिलो त्रैमासमा ४० अर्ब ८० करोड ४६ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूले यस वर्ष पहिलो त्रैमासमा ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७० प्रतिशत बढी हो । गत वर्ष सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको १० अर्ब ४५ करोड ५७ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।

यस वर्ष पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूको घटेको छ । जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेखको संख्या एक करोड ३७ लाख ६६ हजार चार सय ४८ पुगेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७३ प्रतिशतले कम हो । गत वर्ष पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेख संख्या एक करोड ३८ लाख ६७ हजार पाँच सय ८१ थियो ।

गत असोज मसान्तसम्म निर्जीवन बीमालेखको संख्या सात लाख ३७ हजार नौ सय ३० छ । जुन एक वर्षअघिको तुलनामा सात दशमलव आठ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखको संख्या छ लाख ८४ हजार चार सय ३६ थियो ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४२ दशमलव ८४ प्रतिशत छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ५८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव ४२ प्रतिशत थियो । (आर्थिक दैनिकबाट)

 

प्रतिक्रिया