November 7, 2024, 5:56 am
» सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण : माधव नेपाल » एमालेद्वारा उम्मेदवार सार्वजनिक » चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा » जेठोबुढो धानमा गभारो : भित्र्याउने बेला न धान, न पराल » उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना

रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की विपक्षीको पोस्टमा बार्सिलोनाको पाँच गोल

कार्तिक २२, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा बार्सिलोनाले रेड स्टार बेलग्रेडलाई ५-२ ले हराएको छ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यो दुई गोलसँगै लेवान्डोस्कीले सिजनका सबै प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन्।

उनी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि च्याम्पियन्स लिगमा सय गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन्।

१३ औँ मिनेटमा इनिगो मार्टिनेजले गरेको गोलको विरुद्धमा रेडस्टारका सिलास काटाम्पे एमबुपाले गोल गरेका थिए।मध्यान्तरको ठिक अघि लेवान्डोस्कीले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाएका हुन्। दोस्रो हाफको सुरुवातमा लेवान्डोस्की र राफिन्हाले गोल गरे। फर्मिन लोपेजले बार्सिलोनाका लागि थप गोल गरे। वैकल्पिक खेलाडी मिलसनले रेडस्टारका लागि अन्तिम गोल गरे।

प्रतिक्रिया