February 23, 2025, 2:10 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

क्वाटरफाइनलमा श्रीलंकासँग हार्‍यो नेपाल

कार्तिक १७, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं : हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। सुरुवाती विकेट जोगाउन नसक्दा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।

नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जोशीले १३ रन बनाए। इंग्ल्यान्ड र अष्ट्रेलियाविरुद्ध आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप जोरा डकआउट भएपछि नेपालको सुरुवात नै खराब बनेको थियो। नेपालका लोकेश बम ६ रनमा आउट भए भने विवेक यादव ५ रनमा आउट भए। प्रतिश जिसी पनि शून्यमै आउट भएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो। श्रीलंकाका लागि सन्दुन विरकोडीले अर्धसतक प्रहार गरे। त्यस्तै थनुका दबारेले १८, लिहुरु मधुसाकाले ३१ र लहिरु समाराकुनले २२ रन बनाए। नेपालले समूहचरणको खेलमा इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो।

प्रतिक्रिया