January 14, 2025, 12:38 pm
» महाकुम्भ स्नान गर्न आएकी एप्पलकी मालिक्नी गंगा किनारमा भइन बिरामी » पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली » ब्राजिलले बिधालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने » विपिन जोशीको रिहाइमा पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह » चैत ७ गते देखि एसएई

आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १६, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनले सुनाए। यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मङ्गलबार सुरु भएको थियो ।

प्रतिक्रिया