February 24, 2025, 3:41 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

विपिन जोशीको रिहाइमा पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह

माघ १, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं, । परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।

परराष्ट्र मन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्तामा कुराकानी गर्दै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्री राणाको सचिवालयले जानकारी दिएको छ।

कतारका विदेश राज्यमन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार तथा मध्यस्थकर्ता हुन्।

गजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्तकारहरू मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्ने तय भएको छ। त्यसअघि परराष्ट्र मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार मन्त्री खुलाइफीसँग कुराकानी गरेकी हुन्।

मन्त्री राणाले कतारका मन्त्री खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया