November 14, 2024, 3:55 am
» गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन » यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर » राैतहटमा भव्यताका साथ मनाए एकादशी पर्व » आज देशका अधिकांश भागमा मौसम सफा रहने » जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल

बंगलादेशले दोस्रोपटक जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

कार्तिक १४, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो ।

बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्दा नेपाल भने छैटौं पटक फाइनलमा पराजित हुन पुग्यो ।

पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । सुरुवाती १० मिनेटमा दुवै टोलीको प्रहार क्रसबारमा पनि लागेको थियो । दोस्रो हाफको सुरुवातमै बंगलादेशले अग्रता लियो ।

तर नेपालले ५ मिनेट पछि नै खेल बराबरीमा ल्यायो । खेलको अन्त्यतिर बंगलादेशले गोल गर्दै पुन: अग्रता लियो । त्यसपछि भने नेपाललाई आक्रमण बुन्न बन्चित गर्दै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्यो ।

प्रतिक्रिया