November 14, 2024, 4:31 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन २२ सयले बढ्यो

कार्तिक १४, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड  कायम गर्दै  आएको छ। मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो।

आज एकैदिन २२ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। प्रतितोला चाँदी २१ सय २० रुपैयाँ पुगेको छ। मंगलबार  २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया