November 15, 2024, 2:01 am
» देशका अधिकांश भागमा आज मौसम सफा रहने » सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

सरकारले विकासमा तीव्रता दिनुपर्छ : शेखर कोइराला

कार्तिक ८, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन्  ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा बिहिबार आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे।

उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे। मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।

नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे। नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया