November 15, 2024, 3:20 pm
» किलर ह्वेल’को उद्धार » उपनिर्वाचनमा कसैप्रति आग्रह/पूर्वाग्रहको अवस्था बन्न दिनु हुँदैनः महामन्त्री शर्मा » हेलो रोबोट ! तिम्रो नाम के हो ? » विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव » विश्वकप पुग्ने महिला टिमलाई भरतपुर महानगरपालिकाले सम्मान गर्ने

सरकारको समीक्षा र आगामी कार्ययोजना पर्सी सार्वजनिक गर्ने सत्तारुढ दलको निर्णय

कार्तिक ७, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं : सत्तारुढ दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका कामको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भएको छ।

आज बिहान बालुवाटारमा  बसेको सत्तारुढ दलको बैठकले पर्सि ३ बजे बैठक बसेर दलको दृष्टिकोण सार्वजनिक गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनले सरकारको १०० दिनको उपलब्धि प्रधानमन्त्रीले दिउँसो ३ बजे दिने जानकारी गराए। पोखरेलले सहकारीको विषयमा ५ राजनीतिक दलको सहमतिमा संसदले छानबिन समिति गठन गरेर प्रतिवेदन निर्माण गरेको स्मरण गराए। उनले सहमतिमै प्रतिवेदन तयार गरेकाले संसदको निर्देशन अनुरुप प्रतिवेदन कार्यान्वयन अगाडि बढिरहेको धारणा राखे।

उनले भीड जम्मा गरेर न्याय निरोपणमा असर गर्ने कार्य नगर्न रास्वपाका कार्यकर्तालाई आग्रह गरे। उनले स्वतन्त्र र निष्पक्ष रुपमा न्याय निरोपण हुने विश्वास व्यक्त गरे। उनले भने, ‘छानबिन र न्यायिक निरुपणको आफ्नो प्रक्रिया हुन्छ। फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन।’

प्रतिक्रिया