November 7, 2024, 3:36 am
» छठ पर्वले सामाजिक एकतालाई बलियो बनाओस् : सभामुख घिमिरे » प्रधानमन्त्री ओलीबाट छठ पर्वको शुभकामना » रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की » छठ पर्वको मुख्य दिन आज : यस्तो छ व्रतविधि » यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

सम्बन्धविच्छेद : रहर कि बाध्यता ?

कार्तिक ५, २०८१ मा प्रकाशित | १२००दर्शक तीव्रखबर

जीवनमा कसैले पनि सम्बन्धविच्छेद गर्छु भनेर सोचाइ राख्दैन । व्यक्तिको जीवनमा नचाहेर पनि सम्बन्धमा उतारचढाव हुने गर्छ । व्यक्तिले के कति कारणले सम्बन्धविच्छेद गर्छन् त, भन्दा यसका विविध कारण छन् ।

सम्बन्धविच्छेद सुन्दा पक्कै पनि राम्रो लाग्दैन किनभने यसको अर्थ पति–पत्नीबीच विभाजन, अलगाव र विच्छेद हो । कानूनी परिभाषामा यो एउटा जोडीको वैवाहिक यात्राको कानूनी समाप्ति हो ।

केही अवस्थामा, यो वाञ्छनीय हुन सक्छ, तर धेरै अवस्थामा दुःखद हुन्छ र यसले परिवारलाई अव्यवस्थित बनाउँछ । यद्यपि सम्बन्धविच्छेद सबै समाजमा हुने एक घटना हो र आधुनिक समाजमा बढी सामान्य भएको छ ।

सम्बन्धविच्छेदका केही सैद्धान्तिक पक्ष र परिवार र समुदायमा केही उतारचढाव देखिनु सामान्य हुन गएको छ अहिले । यसका कारणहरू खोतल्दै जाँदा निम्न कारणहरू देख्न पाउँछौं–

एक्लोपन
सर्भे गर्दा के देखिएको छ भने कुल ६४ प्रतिशत अर्थात् सबै डाटाको ६४ प्रतिशतका पति वैदिशक रोजगारमा गएका थिए । यस्तोमा सम्बन्धविच्छेदको मुख्य कारण एक्लोपन पाइएको छ । दाम्पत्य जीवनमा एकअर्कालाई समय नदिनु सम्बन्धविच्छेदको प्रमुख कारण हो ।

प्रतिबद्धता पूरा नगर्नु
पति–पत्नीले आप्mनो दायित्व पूरा नगरेको दोस्रो प्रमुख कारण पाइएको छ । पतिले दायित्व पूरा नगरेर रक्सीसेवन गर्नेजस्ता कारणहरू थिए । विवाह गर्दा कसैले पनि प्रतिबद्धता बिर्सने र सहयोग नगर्ने कल्पना गरेको हुँदैन । बिस्तारै समयले कोल्टे फेर्दै जाँदा आपसी सहयोग र समर्पणको भावना हराउँदै जान्छ । परिणामस्वरूप असमझदारी बढ्न थाल्छ ।

निकटता
सर्भे गर्दा के पाइएको छ भने ६४ प्रतिशतका पति वैदेशिक रोजगारमा थिए । विदेश गएपछि दाम्पत्य–निकटता नरहनु स्वाभाविक हो । यस्ता व्यक्तिहरूका पति वा पत्नीसँग अन्य व्यक्तिसँग सम्बन्ध रहेको देखियो । यसबाट पति–पत्नीमा आत्मीयता कम र परस्पर शङ्का बढ्नु पनि त्यतिकै स्वाभाविक हो ।

मनोमालिन्य
दाम्पत्य जीवनमा सामान्य कुरा बढ्दै गएर ठूलो मनमुटाव हुने गर्छ । सानो विषयमा बेलैमा सचेत भएर समस्या समाधान नगर्दा प्रायः सम्बन्धविच्छेद बढ्दै गएको छ । सर्भेमा प्रश्न गर्दा प्रायः सम्बन्धविच्छेद गर्न चाहने महिलाहरूले सामान्य झगडा बढेपछि सम्बन्धविच्छेद भएको बताएका थिए ।

धोखाधडी
सर्भे गर्दा अधिकांशका पति अथवा पत्नी वैदिशक रोजगारमा गएका र एकअर्कालाई धोखा दिने गरेकाले सम्बन्ध टुट्ने गरेको पाइयो । विदेशबाट पतिले पैसा पठाउने पत्नी भने परपुरुषसँग शारीरिक सम्बन्ध राखेर पैसा उडाउने । यसरी अधिकांश मुद्दामा धोखाधडी प्रमुख कारण रहेको छ ।

सानै उमेरमा विवाह भएको
डिभोर्स नेपालले सर्भे गर्दा कुल १०० जना व्यक्तिमध्ये २२ जना कम उमेरका थिए । किन चाँडै विवाह गरेको भन्दा धेरै कारण बताएका थिए । अहिले सामाजिक सञ्जाल र अनेक कारणबाट सानो उमेरमा मायाजालमा पर्ने र विवाह गर्ने चलन बढेको छ । यसरी करियर बनाउने समयमा विवाह गर्दा धेरै मनमुटाव बढ्ने र अन्तमा सम्बन्धविच्छेदसमेत भएको छ ।

कमजोर आर्थिक अवस्था
सर्भेमा अन्तर्वार्ता दिने प्रायः व्यक्तिले आर्थिक अवस्थाले सम्बन्धविच्छेद भएको जनाएका थिए । पति प्रायः रक्सीको कुलतमा पैसा सक्ने र जागीरसमेत नगर्ने गरेको पाइएको थियो ।

यीबाहेक पुरुषले विवाहेत्तर सम्बन्ध राखेको र महिलाको सन्दर्भमा माइती पक्ष र आफन्तले नै उचालेर सम्बन्धलाई पूर्णविराम दिएको पाइन्छ भने केही सम्बन्ध आपसमा वार्ता नगरेर टुटेका पनि पाइएका छन् । ठूला शहरहरूमा अहिले त अझ महिलाभन्दा पुरुषहरू बढी पीडित भएको पाइएको छ ।

राष्ट्रिय आचार (संहिता) ऐन, २०१७–२०७४ ले सम्बन्धविच्छेदसम्बन्धी स्पष्ट प्रावधानहरू स्थापित गरेको छ । नागरिक ऐनको भाग तीन (पारिवारिक कानून) को धारा ९३, ९४ र ९५ मा सम्बन्धविच्छेदका लागि निश्चित व्यवस्था छ ।

विशेषरूपमा धारा ९४ ले पतिले सम्बन्धविच्छेदका लागि अपील गर्न सक्ने अवस्थाहरू छन् भने धारा ९५ ले पत्नीले सम्बन्धविच्छेदका लागि अनुरोध गर्न सक्ने अवस्थाहरूबारे वर्णन गरेको छ ।

यस सिभिल ऐनको राम्रो पक्ष के छ भने यसले पति र पत्नी दुवैलाई सम्बन्धविच्छेद गर्नको लागि ढोका खोलिदिएको छ । यदि उनीहरूले छुट्टिने निर्णय गरे भने (जुन पहिले पतिको लागि ज्यादै कठिन थियो) ।

यो संहिता लागू भएदेखि नै नेपालमा सम्बन्धविच्छेदका घटना बर्सेनि बढ्दै गएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सन् २०१५ मा सार्वजनिक गरेको अत्यावश्यक दर्ताको वार्षिक प्रतिवेदन अनुसार नेपालमा एक हजार ३५५ वटा सम्बन्धविच्छेदका घटना मात्रै भएका थिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०२३ मा यस मामिलाको सङ्ख्या १० हजार ६४४ पुगेको थियो ।

राष्ट्रिय परिचयपत्र र नागरिक दर्ता विभागको आधिकारिक वेबसाइट अनुसार ८५ हजार १११ वटा सम्बन्धविच्छेदका मुद्दा अनलाइन दर्ता भएका छन् । नेपालमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको सो तथ्याङ्कले देखाएको छ ।

पारिवारिक समस्या, पारिवारिक संरचना र ढाँचामा दूरगामी परिवर्तन भएबाट उत्पन्न हुन्छन् । समाज विकासको ढाँचा परिवर्तनसँगै पारिवारिक संरचना र ढाँचामा परिवर्तन आउँछ ।

उदाहरणका लागि आर्थिक अवस्था, मनोरञ्जन र सुविधाहरू, हेरचाह र प्रेम, यौन र प्रजनन आदिले पारिवारिक संरचना र ढाँचामा भिन्नता निम्त्याउँछ, मानिसको चेतनाको स्तर वृद्धि हुँदै जान्छ र अन्त्यमा सम्बन्धविच्छेदमा गएर टुङ्गिन्छ । पति/पत्नीले वैवाहिक सम्बन्धलाई राम्ररी बुझ्न नसक्नु र अपेक्षाहरूमा भिन्नताहरू देखिनु सम्बन्धविच्छेदका कारण हुन् ।

यसको मतलब पति/पत्नीले आप्mनो विवाहबाट अपेक्षा गरेभन्दा फरक अनुभव प्राप्त गर्नु हो । उदाहरणका लागि कमाउने व्यक्तिको परिवर्तनशील भूमिका, बच्चा जन्माउनेबारे विचारहरू, जोडीबाट अवास्तविक अपेक्षाहरू दम्पतीबीच असमझदारी ल्याउने कारण हुन् ।

अहिलेको बदलिंदो समाजमा पनि महिलालाई बच्चा जन्माउने यन्त्र र मनोरञ्जनको साधनको रूपमा लिनु पनि सम्बन्धविच्छेदको कारण हुन पुग्छ ।

विगतमा एकपटक मानिसहरूले सम्बन्धविच्छेद गरेपछि, उनीहरूलाई सामाजिक बहिष्कार र समाजमा अनैतिक भन्ने शङ्का गरिन्थ्यो ।

त्यसैले मानिसहरू सङ्गठित भएर बस्ने गर्थे तर आज परिदृश्य फेरिएको छ । एउटा सानो गलत बुझाइ पनि अलगावको परिणाम हुन सक्छ । माथि उल्लिखित कारणहरूको साथै नेपालमा मुख्यतया चार कारणले सम्बन्धविच्छेद हुने गरेको छ ।

पहिलो हो, वैदेशिक रोजगार । आज, धेरै नेपाली युवा, मुख्यतया पुरुष र आंशिकरूपमा महिलाहरू विवाहपछि, बढ्दो पारिवारिक जिम्मेवारी वहन गर्न वैदेशिक रोजगारमा जान्छन् ।

सेन्टर फर स्टडी अफ लेबर एन्ड मोबिलिटीको तथ्याङ्क अनुसार नेपालबाट बर्सेनि करीब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने र चार लाख वैदेशिक रोजगारमा जाने गरेका छन् । लामो समयको लागि जोडी विछोडले एकअर्काको हेरचाह, माया र विश्वासमा कमी आउन सक्छ ।

दोस्रो, आर्थिक स्वतन्त्रता । कमाउने व्यक्ति र गृहिणीको परिभाषा परिवर्तन भएको छ । परम्परागतरूपमा पुरुष कमाउने र महिला गृहिणी थिए, तर यो परिभाषा लगभग सबै समाजमा बदलिएको छ, महिलाहरूमा आर्थिक स्वतन्त्रता बढ्दै गएको छ ।

इन्टरनेशनल वाटर एशोसिएशन (२०२१)ले प्रकाशित गरेको एउटा प्रतिवेदनले नेपालमा गैरकृषि क्षेत्रमा ज्यालादारी रोजगारमा महिलाको हिस्सा सन् १९९० मा १८.९ प्रतिशत मात्र रहेकोमा सन् २०२० मा ४८.८ प्रतिशत पुगेको देखाएको छ ।

तेस्रो, सामाजिक र आमसञ्चारमा सहज पहुँच र यी मिडिया प्लेटफर्महरूप्रति मानिसको ठूलो आकर्षण । नेपाल दूरसञ्चार प्राधिकरणको एक प्रतिवेदन अनुसार अहिले करीब ९१ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच रहेको छ भने देशको ४१ प्रतिशतभन्दा बढी जनसङ्ख्या सामाजिक सञ्जालमा सक्रिय रहेको डाटा रिपोर्टल (२०२३) ले जनाएको छ ।

मानिसहरू आप्mनो अधिकार, हिंसा र विश्वव्यापी प्रवृत्तिबारे बढी सचेत छन् । महिलाहरूले यी धेरै अनलाइन प्लेटफर्महरूमा घरेलु र यौन दुवै हिंसाबारे कुरा गर्न थाले ।

उदाहरणका लागि, पहिले ःभ त्यय आन्दोलन र आज त्ष्पत्यप को व्यापकताले महिलाहरू आप्mनो अधिकारबारे बढी सजग र सचेत भएको पाइएको छ ।

चौथो, कानून र संस्कृति परिवर्तन । उदाहरणका लागि, सम्बन्धविच्छेदसम्बन्धी सिभिल ऐन २०१७ को प्रावधानले दुवै जोडीका लागि सम्बन्धविच्छेदको माग गर्न सजिलो बनाएको छ, र केही दशक अघिको तुलनामा सम्बन्धविच्छेदको सामाजिक आख्यान नै परिवर्तन भएको छ ।

विभिन्न नागरिक अधिकार र जनान्दोलनले व्यक्तिको स्वतन्त्रताको अवधारणालाई फराकिलो बनाएको छ । शिक्षा र संस्कृतिमा आएको परिवर्तनले पहिलेभन्दा आजको जीवनशैलीमा परिवर्तन भएको छ । स्वतन्त्रता पहिलो आवश्यकता भनी बुझ्न थालिएको छ ।

निष्कर्ष
सम्बन्धविच्छेद चाहना हो कि बाध्यता ? के यो व्यक्तिगत तुष्टिको सङ्केत हो वा लाजको कारण ? नेपाली समाजमा सम्बन्धविच्छेदको नतीजा के हुन्छ ?

के राष्ट्रिय नागरिक ऐन २०१७ जस्ता कानूनले सम्बन्धविच्छेदलाई बढावा दिन थालेको हो ? आगामी १० वर्षमा देशमा सम्बन्धविच्छेदको सामाजिक प्रवृत्ति कस्तो होला ? अझ भन्नुपर्दा गाउँभन्दा शहरमा यसको चलन ज्यादै भयानक छ ।

तर, नेपालको सम्बन्धविच्छेदको प्रवृत्ति बाध्यकारी र गम्भीर छ । यो प्रवृत्तिले नेपालमा सम्बन्धविच्छेद एउटा नयाँ सामाजिक समस्याको रूपमा देखा परेको सङ्केत गर्छ ।

सम्बन्धविच्छेद बारे जेसुकै राय होस्, वास्तविकता यो हो कि यसले परिवारलाई अव्यवस्थित पार्छ र समाजको कल्याणलाई असर गर्छ ।

तसर्थ सम्बन्धविच्छेदका कारण र परिणाम पहिल्याइ सम्बन्धविच्छेद समुदायदेखि नीतिगत तहसम्म रोक्नका लागि उपायहरूबारे व्यापक बहस हुनु अति आवश्यक छ । प्रतीक दैनिकबाट ।

प्रतिक्रिया