February 26, 2025, 5:50 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गतको पहिलो चरणको काम सुरू

मंसिर ६, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं : विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच १७ अर्ब १५ करोड रुपैयाँ बराबरको  प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो ।

यस परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी,सुरक्षालाई अभिवृद्धि गर्नुका साथै सडक सञ्जाल व्यवस्थापन गर्ने बताइएको छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्नेछ ।

सुदूरपश्चिम,कर्णाली र मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीहरुको उपस्थितिमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयोजनाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले उक्त परियोजनाले दिगो पूर्वाधार विकासमा टेवा पुराउने विश्वास व्यक्त गरे।

आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४ सय किलोमिटर र ७ सय किलोमिटर अवस्थित प्रादेशिक सडक र पुलहरूको मर्मतसम्भार हुने बताइएको छ ।
तीन चरणको आयोजनामध्ये पहिलो चरण सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका साथै  १३ नगरपालिकामा कार्यान्वयन गरिने शहरी विकास मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा आयोजना कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेश सरकारबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया