November 21, 2024, 2:25 pm
» पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृत्यु » मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु » बसको ठक्करबाट बालिकाको मृत्यु » राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

तेस्रो खेलमा अमेरिकाले नेपाललाई दियो १५७ रनको चुनौती

कार्तिक ५, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं- एक खेल अगाडि अमेरिकाविरुद्धको टी–२० आई सिरिज उचालेको नेपालले अन्तिम खेलमा १५७ रनको चुनौती पाएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध १५६ रन बनाएको हो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो। तेस्रो खेल जित्दै नेपाल सिरिज क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदानमा छ।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिएका छन् । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिए अन्य बलर भने चल्न सकेनन् ।

नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका अमेरिकाका साइतेजा मुक्कामल्लाले अर्धशतक बनाए । उनले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडे । ३५ बलको सामना गरेका उनले चार चौका हिर्काए ।  नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया