January 1, 2025, 3:16 pm
» जबालियामा इजरायली हमला, १५ जनाको मृत्यु » न्यु अर्लिन्समा सवारी साधनले भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० घाइते » माधव नेपाल र म एकजुट हुने भयौं : वामदेव गौतम » नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु » Singapore’s economy grows 4 pct in 2024, surpassing expectations: PM

सभापति रवि लामिछाने पक्राउ पर्नु सही : अध्यक्ष केसी

कार्तिक ४, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु सही भएको बताएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले रविमाथि अनुसन्धान हुनु सही भएको बताएका हुन् ।

‘….सहकारी ठगीमा रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ ।

रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ’, केसीले विज्ञप्तिमा भनेका छन् ।

रविमाथि अनुसन्धान गर्न राष्ट्रिय जनमोर्चाले सदन तथा सडकमा निरन्तर  आवाज उठाएको तर तर तत्कालीन माओवादी-एमाले गठबन्धन सरकारले उनलाई जोगाउन कानुनकै धज्जी उडाएको केसीले बताएका छन् ।

सहकारी राष्ट्रिय समस्या भएको भन्दै राष्ट्रिय जनमोर्चाले यो समस्या समाधान गर्न सहकारीलाई नियमन गर्ने संयन्त्र बनाउन माग गरेको छ ।

प्रतिक्रिया