February 25, 2025, 12:58 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माधव नेपाल र म एकजुट हुने भयौं : वामदेव गौतम

पुस १७, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच सहकार्य हुने निश्चित भएको छ। बुधबार आलोकनगरस्थित पार्टी कार्यालयमा उनीहरूबीच पार्टी एकताका विषयमा छलफल भएको हो।

उनीहरूबीच पार्टी एकता गर्ने विषयमा समझदारी बनेको स्रोतले बताएको छ। लामो समयदेखि गृहकार्य गरिरहेका उनीहरूबीच पार्टी एकता गर्ने समझदारी बनेको स्रोतको भनाइ छ। ‘पार्टी एकता गर्ने विषयमा पूर्ण समझदारी बनेको छ।

यसमा विषयमा स्वयं वामदेवले पनि खुलेर कुरा गरेका छन्। उनले सञ्चारकर्मीसँग आफू र माधव नेपाल एकजुट हुने बताएका हुन्। ‘माधव नेपाल र म एकजुट हुने भइयो नि त,’ गौतमले भने। दुई पक्षबीचको समझदारीले अन्तिम रूप लिएपछि छिट्टै पार्टी एकता घोषणा गर्ने उनले बताए। उनले भीम रावलका बारेमा भने केही जानकारी नपाएको बताए। ‘उहाँलाई ल्याउन माधवजीले के गर्नुभएको छ त्यो थाहा छैन,’ उनले भने।

प्रतिक्रिया