October 18, 2024, 10:28 am
» दाङमा सर्प महोत्सव हुँदै » बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ » बाघको आक्रमणबाट एकको मृत्यु » नियुक्ति वा बढुवामा प्रयोग नभएका नक्कली शैक्षिक प्रमाणपत्रले पनि भ्रष्टाचार गरेको ठहर हुने » सन्दीपले पाए अमेरिकाको भिसा

भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड !

कार्तिक २, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

छिमेकी देश भारतको हरियाणा प्रान्तस्थित सिरसा जिल्लामा बस्ने पलविन्दर सिंह नामका किसानले पालेको अनमोल नामको भैंसीको मूल्य थाहा पाउनुभयो भने पत्याउनै गाह्रो पर्छ ?मुर्रा जातको यो भैंसी २३ करोड भारु अर्थात् झण्डै ३७ करोड नेपाली रुपैयाँमा खरिद गर्न मानिसहरू तयार भएका छन् । तर, पलविन्दर भने अनमोललाई बेच्न तयार छैनन् ।

यहाँ कुरा केवल एउटा भैंसीको मात्र होइन । कुनै पनि प्रजातिका जीवमा जब कुनै एउटा जीव वा उसका कोही उपप्रजाति अब्बल हुन्छन् भन्ने त्यसको माग उच्च रहन्छ । मुर्रा भैंसीको हकमा पनि यही लागू हुन्छ ।

आम रुपमा मुर्रा भैंसीको मूल्य एक डेढ लाखसम्म पर्न सक्दछ । तर, अनमोल नामको उक्त मुर्रा भैंसीले चाहिं त्यसको सयौं गुणा धेरै मूल्य पाएको छ । यसको अर्थ अनमोलमा अवश्य पनि केही त यस्तो विशेष होला जसले गर्दा त्यसको मूल्य करोडौंमा छ । आखिर यस विषयमा विज्ञान के भन्छ ?

किन मुर्राको माग र मूल्य उच्च छ ?

राम्रोसँग पालन पोषण गरिने उन्नत जातको मुर्रा भैंसीले दैनिक २० देखि २५ लिटरसम्म दूध दिन्छ । जसमा साढे ६ देखि ७ प्रतिशतसम्म चिल्लो हुन्छ । धेरै फ्याट, अर्थात् धेरै घिउ । यसका अलावा मुर्रा भैंसीले लामो समयसम्म दूध दिइरहन्छ । अर्थात् एक बेतमा यसले ३ सय देखि ३२० दिनसम्म दूध दिन्छ । दूधको गुणस्तर पनि उच्च हुन्छ, जसमा प्रोटिन, क्याल्सियम तथा फस्फोरस धेरै पाइन्छ ।

भैंसीबाट धेरै दूध उत्पादनको अर्थ अन्य दुग्धजन्य पदार्थ बनाउने सम्भावना पनि धेरै हुनु हो, जसबाट आर्थिक फाइदा उच्च हुन्छ । मुर्रा जातको भैंसीको पालनपोषण पनि अन्य जातका भैंसीको तुलनामा सहज छ । साथै यसको औसत उमेर १५ देखि २० वर्ष हुन्छ, जुन अन्य भैंसीको तुलनामा धेरै हो ।

मुर्रा भैंसीको आनुवंशिक संरचना पनि निकै मजबुत हुन्छ । जसका कारण यसका बच्चा पनि स्वस्थ तथा मजबुत जन्मिन्छन् । राम्रो जेनेटिक मेकअपका कारण यो भैंसीको प्रजननदर पनि उच्च हुन्छ । मुर्रा भैंसीले एकपटक बच्चा जन्माएको ४०० देखि ४५० दिनभित्रमा अर्को बच्चा जन्माउँछ । आम भैंसीको तुलनामा मुर्रा भैंसीको रोग प्रतिरोधी क्षमता पनि उच्च हुन्छ ।

भारतमा मुर्रा जातका भैंसीको मूल्य उच्च हुनुमा सांस्कृतिक कारण पनि छ । भारतको पन्जाब, हरियाणा तथा उत्तर प्रदेशमा मुर्रा भैंसी पाल्नुलाई सांस्कृतिक तथा सामाजिक रुपले प्रभावशाली मानिन्छ । मुर्रा भैंसी पाल्ने व्यक्तिलाई त्यहाँ धनीमानी मान्ने चलन छ ।

स्मरण रहोस् मुर्रा भैंसी नेपाल, भारत, चीन, श्रीलंका, लाओस, भियतनाम, मलेसिया, इण्डोनेसिया अजरबौन, ब्राजिल, कोलम्बिया, ग्वाटेमाला तथा भेनेजुयला लगायतका देशमा पाइन्छ । एजेन्सी

प्रतिक्रिया