October 18, 2024, 5:17 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

कार्तिक २, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं – अहिले नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ। ग्रान्ड पिएरे मैदानमा टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको हो। आइसिसी एक दिवसीय विश्वकप लिग-२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी-२० प्रतिस्पर्धा गरेको हो।

अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाहले १८ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन बनाएर आउट भएका छन्। अर्का ओपनर आशिफ शेखसमेत २७ रन बनाएर आउट भएका छन्। उनले उनले २७ बल खेल्दा २७ रन मात्र जोड्न सके। कुशल भुर्तेल भने १३ बल खेल्दै १० रन बनाएर आउट भएका छन्। नेपालले १०.१ ओभरमा तीन विकेट गुमाएर ७५ रन बनाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा छन्।

टि-२० अन्तर्गत नेपालले दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार हुनेछ।

त्यसपछि आइसिसी एक दिवसीय विश्वकप लिग-२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ।

एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन्।

लिग-२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ। नेपाल क्यानडाबाट अमेरिका पुगेको हो।

प्रतिक्रिया