October 18, 2024, 5:16 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु नियुक्त

कार्तिक १, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं – नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले दासानायके नेपाली राष्ट्रिय टिमको मेन्टरमा नियुक्त भएको जानकारी दिएको छ । उनले अमेरिकामा हुने आइसीसी लिग २ को खेलहरूमा मेन्टरको भूमिका निर्वाह गर्ने भएका छन् ।नेपालले कात्तिक ११ गतेदेखि अमेरिका र स्कटल्यान्डविरुद्ध लिग २ का खेलहरू खेल्दैछ । त्यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी- २० सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल शुक्रबार बिहान हुदै छ ।

प्रतिक्रिया