October 18, 2024, 5:24 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

नेपालले भोली अमेरिकासँग खेल्दै

कार्तिक १, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भोलिदेखि सुरु हुँदैछ ।

शृङ्खलाको पहिलो खेल भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रंगशालामा सुरु हुनेछ । नेपालले अमेरिकाबीचको दोस्रो टी-२० खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।

यो टी-२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एक दिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी-२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एक दिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।

प्रतिक्रिया