October 16, 2024, 4:29 pm
» प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट » सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया सुरु » इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी » डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ » एक सातामै ‘छक्कापञ्जा ५’ले कमायो १० करोड बढी

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

अशोज ३०, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका बाढी, पहिरोबाट प्रभावित विपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया