February 23, 2025, 3:04 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

माघ ३, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं।  सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।
बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

प्रतिक्रिया