October 16, 2024, 8:54 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

अशोज २९, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौँ,  : दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश÷दश प्रतिशत कमाएका छन् । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी छ दशमलव ८४, एनआइबिएल समृद्धि फण्ड–२ का शेयरधनीले छ दशमलव ७४ प्रतिशत कमाएका छन् ।

मध्य सोलु जलविद्युत् कम्पनीका लगानीकर्ताले १०, युनाइटेड मोदी जलविद्यु्त कम्पनीका पाँच दशमलव २५, युनिलिभर नेपाल लिमिटेड तीन दशमलव ८५, सामुदायिक लघुवित्त वित्तीय संस्था तीन दशमलव ६२ र एनआइसी एसिया सेलेक्ट फण्ड–३० का शेयरधनीले तीन दशमलव १९ प्रतिशतले घाटा बेहोरेका छन् ।

प्रतिक्रिया