October 18, 2024, 10:23 am
» दाङमा सर्प महोत्सव हुँदै » बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ » बाघको आक्रमणबाट एकको मृत्यु » नियुक्ति वा बढुवामा प्रयोग नभएका नक्कली शैक्षिक प्रमाणपत्रले पनि भ्रष्टाचार गरेको ठहर हुने » सन्दीपले पाए अमेरिकाको भिसा

सुनचाँदी धितोमा ५० लाख भन्दा बढी कर्जा नपाइने

अशोज २३, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै सुनचाँदी धितो कर्जामा सीमा तोकेको हो । यसअघि ५० लाख भन्दा बढी कर्जा सुनचाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र लाउनुपर्ने भएको छ ।

‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ । यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने छ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया