October 16, 2024, 8:56 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

दाङमा ११ किलो अफिम र ३९ किलो चरेससहित ३ व्यक्ति पक्राउ

अशोज २२, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले ठुलो परिमाणमा लागूपदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही १८ बाट करिब ५० किलो लागूपदार्थसहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार प्रहरीले चरेस जस्तो देखिने ३८ किलो ९७२ ग्राम र अफिम जस्तो देखिने ११ किलो १८० ग्राम लागूपदार्थसहित तीन जनालाई मङ्गलवार घोराहीबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका ४ का ३७ वर्षीय सुविन्द्र पुन, सोही स्थानका ५१ वर्षीय चेतन बुढा र रुकुम पूर्वकै भूमे गाउँपालिका स्थायी ठेगाना भई दाङको घोराही १८ मा रहेको मसिना भन्ने स्थानमा डेरा गरी बस्ने ४२ वर्षीय बिनी पुन रहेका छन् ।रुकुम र रोल्पामा उत्पादन हुने गरेको लागूपदार्थ दाङ र दाङ हुँदै अन्य जिल्ला र भारतमा समेत अवैध रूपमा तस्करी सुरु भएपछि दाङ प्रहरीले लागूऔषध कारोबारी र प्रयोगकर्ताविरुद्ध अपरेसन चलाएको थियो

सोही क्रममा असोज २२ गते केही व्यक्तिहरूले लागूऔषध बोकी कारोबार गर्नका लागि हिँडेका छन् भन्ने सूचना आएपछि परिचालित प्रहरीले ठुलो मात्रामा लागूपदार्थसहित कारोबारीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया